
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाई गाउँपालिका–५, भौराटार घर भई काठमाडौंको कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन् ।
मलेसियाको राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी ६ जनाबाट नगद तीन लाख ५० हजार रुपैयाँ ठगी गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको चोभारबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij