Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

संसदीय समितिमा रहने रास्वपाका सांसदहरु

संसदीय समितिमा रहने रास्वपाका सांसदहरु

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय विषयगत समितिमा रहने आफ्ना सांसदहरुको नाम टुंगो लगाएको छ ।

    images
    images

    जसअनुसार अर्थ समितिमा विराजभक्त श्रेष्ठ र हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिशिर खनाल, उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुली र कानुन, न्याय तथा मानव अधिकार समितिमा सोविता गौतम र सन्तोष परियार रहनेछन् ।

    त्यस्तैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र विनिता कठायत, महिला तथा सामाजिक समितिमा लक्ष्मी तिवारी, राज्य व्यवस्था तथा सुशासन समितिमा डोलप्रसाद अर्याल र डा. चन्दा कार्की, पूर्वाधार विकास समितिमा शिव नेपाली र निशा डाँगी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. तोसिमा कार्की र सुमना श्रेष्ठ र सार्वजनिक लेखा समितिमा असिम शाह र मनिष झा रहने रास्वपाले जनाएको छ ।

    प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन् ।

    rsp.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij