
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको स्वास्थ्यमा सुधार आएको छ । आफूलाई चिकित्सकले थापाको स्वास्थ्यमा सुधार देखिएको बताएको रविले जानकारी दिएका छन् ।
चितवन मेडिकल कलेज (सीएमसी)मा उनको उपचार भइरहेको छ । सोमबार चितवनको भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा थापा फेला परेका थिए । उनको टाउको र खुट्टामा चोट लागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij