
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडाैं । विश्व हेमोफिलिया दिवसका अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
विश्व हेमोफिलिया दिवसको यस वर्षको नारा ‘सबैका लागि पहुँचः रक्तस्राव रोकथाम विश्व हेरचाहको मापदण्ड’ रहेको छ । विसं २०७८ मा राष्ट्रिय जनगणनामा हेमोफिलियाका व्यक्तिको सङ्ख्या चार हजार नौ सय ३७ जना रहेको देखाएको थियो । नेपाल हेमोफिलिया समाजका आठ सय १४ जना आबद्ध छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति पाँच हजार पुरुषको जन्ममा एकजना हेमोफिलियायुक्त व्यक्ति जन्मन्छन् । चिकित्सकका अनुसार वंशाणुगत वा अन्य कारणले पनि हेमोफिलिया देखा पर्नसक्छ । रगत जमाउन आवश्यक तत्व क्लटिङ फ्याक्टरको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij