Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

प्राधिकरणले दुई ठूला सिमेन्ट उद्योगको बिजुली काट्यो

प्राधिकरणले दुई ठूला सिमेन्ट उद्योगको बिजुली काट्यो

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दुई ठूला सिमेन्ट उद्योगको बिजुली काटिदिएको छ । तोकिएको समयमा विद्युत् महसुल नतिरेपछि प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङस्थित सोना सिमेन्ट उद्योग र रोल्पास्थित रोल्पा सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गराइदिएको हो ।

    images
    images
    images

    कार्यालय प्रमुख हरि पाण्डेका अनुसार रकम भुक्तानीका लागि बारम्बर ताकिता गर्दा पनि भुक्तानी नगरेपछि लाइन काटिएको हो ।  प्राधिकरणका अनुसार सोना सिमेन्ट प्रालिले मात्रै ७४ करोड ५९ लाख रुपियाँ भुक्तानी गर्नु बाँकी छ । सोमध्ये ३२ करोड ९४ लाख रुपियाँ डेडिकेटेडतर्फको हो भने करिब ४१ करोड ६६ लाख रुपियाँ यसबाहेककै हो ।

    images

    त्यस्तैगरी रोल्पा सिमेन्ट उद्योगले आठ करोड ८४ लाख रुपियाँ भुक्तानी गर्न नमानेपछि लाइन काटिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij