
Apr 22 2025 | २०८२, वैशाख ९ गते
केलिएन एम्बाप्पे लिग वानमा पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। शनिबार राति भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित बनेको लेन्सलाई ३-० ले पराजित गर्दा १ गोल गरेपछि उनले पिएसजीका लागि कीर्तिमान बनाएका हुन्।
एमबाप्पेले १६९ खेलमा १३९ गोल गर्दै एडिसन काभानीको रेकर्ड तोडेका हुन्। जितसँगै पिएसजीले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको लेन्स भने १९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij