
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । चर्च ब्वाइज युनाइटेडको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् ।
बुधबार चर्च ब्वाइजले महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । चर्च ब्वाइजले महर्जनलाई यस सिजनको ‘ए’ डिभिजन लिगका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
श्रम स्वीकृतिको कारण देखाउँदै मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएपछि चर्च ब्वाइज प्रशिक्षकविहीन थियो । चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij