
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । झापाबाट बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बोक्से घर भएर मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेल रहेको जिप्रका झापाले जनाएको छ ।
२० वर्षीया महिलालाई भुजेलले जबरजस्ती करणी गरेको आरोप छ । कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर उनले बलात्कार गरेको पीडितको आरोप छ । इलाका प्रहरी कार्यालय अनारमनीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij