Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ट्याक्सी चालकको विमानस्थल क्षेत्रमा विरोध प्रदर्शन

ट्याक्सी चालकको विमानस्थल क्षेत्रमा विरोध प्रदर्शन

  • काठमाडौं । पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । पार्किङ गर्दा न्यूनतम ८० रुपैयाँ तिर्नुपरेको भन्दै शुल्क घटाउनुपर्ने मागसहित मंगलबार उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    केही बेर उनीहरूले सेवा बन्द गरेका थिए । पार्किङ भाडामँहगो हुँदा आफूहरू मारमा परेको उनीहरूको गुनासो छ । विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सी इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले आफूहरूमाथि ज्यादती गरेकाले सेवा बन्द गर्नुपरेको जनाएका छन् । 

    यसअघि प्रतिट्याक्सी २० रुपैयाँ रहेको पार्किङ शुल्क अहिले ८० रुपैयाँ लिइँदैछ ।  धेरैपटक यो विषयमा पत्रचार गर्दा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij