Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कतारबाट नेपाल फर्किँदै हुनुहुन्छ ? दूतावासको यो सूचना हेर्नुहोस्

कतारबाट नेपाल फर्किँदै हुनुहुन्छ ? दूतावासको यो सूचना हेर्नुहोस्

  • काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका नेपालीहरुलाई नेपाल फर्किँदा बहुमूल्य सुन लगायतका वस्तुहरु सरकारले तोकेको मापदण्डमा भन्दा बढी नल्याउनको लागि आग्रह गरेको छ ।

    images
    images
    images

    नेपालमा रहेका केही व्यक्तिको अनुरोधमा कतारबाट नेपालीहरुले सुन लगायतका वस्तुहरु ल्याउने र विमानस्थलमा समस्या उत्पन्न हुने गरेको भन्दै कतारको दोहास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

    त्यस्तै कतारमा आफूले खरिद गरेका सुन लगायतका वस्तुहरु नेपाल लैजाँदा नेपाल सरकारले तोकेको परिणाममा र खरिद विल पनि साथमै लैजान पनि दूतावासले आग्रह गरेको छ ।

    वैदेशिक रोजगारीको शिलशिलामा रहेका नेपालीहरुले घर फर्किँदा साथीभाइ तथा इष्टमित्रको सरसामान सरकारले तोकेको मापदण्ड भन्दा बढी ल्याउने र विमानस्थलमा झण्झट व्यहोरिरहेका छन् ।

    विज्ञप्ति :

    qatar-ambessy.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij