Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

सेयर बजार

नेप्से कति अंकले घट्यो ?

नेप्से कति अंकले घट्यो ?

  • काठमाडौं । लगातार ६ कारोबार दिन बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (असार २३) घटेको छ । नेप्से परिसूचक २२.३५ अंकले घटेर २७ सय विन्दु तल झरेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशतले घटेर २६८४.०१ विन्दुमा बन्द भएको छ ।  

    images
    images
    images

    यस दिन आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भयो । आइतबार (असार २२) नौ अर्ब ५० करोड रुपयाँको सेयर खरिद–बिक्री भएको थियो । 

    images

    ३९ कम्पनीको सेय रमूल्य बढेको छ । २०९ कम्पनीको सेयर मूल्य घटेको छ ।

    माथिल्लो मैलुङ खोलाखोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ ।

    आइतबार १० प्रतिशतले बढेको नेपाल फाइनान्सको सेयर मूल्य आज ५.३९ प्रतिशतले घटेको छ । राप्ती हाइड्रोपावर एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

    images

    कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

    होटेल तथा पर्यटन समूहको परिसूचक ०.६१ प्रतिशतले वृद्धि भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०७ प्रतिशतले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij