
Aug 28 2025 | २०८२, भदौ १२ गते
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक शेयरधनी बलराम श्रेष्ठको स्वामित्वमा रहेको ६४ हजार कित्ता र संस्थापक शेयरधनी विश्व प्रकाश गुरुङको स्वामित्वमा रहेको २५ हजार ७५९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
बै।कले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिने सूचना जारी गरी बिक्री गरेको सो शेयर यस समयभित्र बिक्री नभएपछि अहिले सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
यस सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij