
Aug 28 2025 | २०८२, भदौ १२ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी पुष्पलाल लोकमार्गमा जनजागरण अभियान भदौ २२ गते लमजुङबाट सुरु गर्ने भएको छ ।
महासचिव देव गुरुङका अनुसार अभियानको कार्यतालिका तय भइसकेको छ । अभियान २२–२५ भदौसम्म लमजुङ, गोरखा, धादिङ र नुवाकोट खण्डमा सार्वजनिक कार्यक्रम र आन्तरिक प्रशिक्षणसहित सञ्चालन हुनेछ ।
अभियानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष र महासचिव सहभागी हुनेछन् । यसअघि तराई–मधेस जागरण अभियानपछि वर्षाका कारण रोकिएको मध्यपहाडी अभियान पुनः सुरु हुन लागेको हो ।
यस पटक उपमहासचिवसम्मका पदाधिकारी सहभागी नहुने, महासचिवसम्म सीमित हुने योजना गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij