Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले सोमबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राडा खड्ग केसी, प्राडा विनिल अर्याल, प्राडा योगेन्द्रबहादुर गुरुङको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।

    AGNI GROUP

    प्रधानमन्त्री ओलीले गत जेठ ६ गते सहकुलपति तथा शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय छनोट सिफारिस समिति गठन गरेका थिए ।

    गत १५ चैतमा प्राडा केसरजङ्ग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त थियो । अब सिफारिस गरिएका तीन जनामध्येबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् ।

    हाल त्रिविका शिक्षा अध्यक्ष प्राडा खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट