Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अवैध काठसहित पक्राउ

अवैध काठसहित पक्राउ

  • देउखुरी । दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका वडा नं ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान९३१।४९क्युफिट० सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । 

    images
    images
    images

    पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन वन कार्यालय देउखुरी दाङका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले जानकारी दिनुभयो ।  काठ बोकेको ट्रयाक्टर र दुवै जनालाई वन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij