Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

दलितमाथि विभेद कायमै

दलितमाथि विभेद कायमै

  • अमरगढी । डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै ठाउँ बनाइएको शिक्षक भक्तबहादुर विकले बताउनुभयो ।
     
    वडा नं ७ र ८ स्थित शैलेश्वर महादेव मन्दिर नजिकै रहेको सल्लगडा मसानघाटमा पनि पहिल्यैदेखि फरकफरक ठाउँमा बनाइएको घाट अहिले पनि कायमै रहेको स्थानीयवासी इन्दिरा ताम्राकारले बताउनुभयो । बाहुन, क्षेत्रीलगायत जातका मानिसका लागि फरक ठाउँमा छ भने  दमाई, कामी र सार्की समुदायमा पर्ने दलितका लागि दाहासंस्कार गर्न फरकफरक मसानघाट बनाइको उहाँले बताउनुभयो ।

    images
    images
    images

     जिल्लामा दलित समुदायको क्षेत्रमा राज्य र गैरराज्य पक्षबाट वर्षेनी करौडांै रकम विभिन्न सङ्घसंस्थामार्फत लगानी गरिए पनि खासै परिवर्तन हुन नसकेको उहाँको भनाइ छ । जातका आधारमा मृत्युपछि पनि गरिँदै आएको सामाजिक विभेद अन्त्य नहुनु दुखद भएको दलित अगुवा  लक्ष्मी कामीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij