Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

हिमपातले जुम्लाका किसान खुशी !

हिमपातले जुम्लाका किसान खुशी !

  • सिमकोट । खलङ्गा जुम्लामा आज बिहान ३ः०० बजेदेखि  हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताउनुभयो । हिमपात भएसँगै  चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको तिला गाउँपालिका–१ राराबाट एसइईको तयारी गरिरहेका विद्यार्थी नमराज रावतले बताउनुभयो । 

    images
    images
    images

    यस वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात शुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जौँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा हर्षित तुल्याएको किसान हरिप्रसाद रोकायाले बताउनुभयो । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij