Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

प्रथम कफि क्लव च्यारिटि फुटसल प्रतियोगिता सम्पन्न

प्रथम कफि क्लव च्यारिटि फुटसल प्रतियोगिता सम्पन्न

  • ललितपुर । ललितपुर महानगरपालिका-२७ अवस्थित ओखाट सुनाकोठी फुटसलमा प्रथम कफि क्लव च्यारिटि फुटसल प्रतियोगिता सम्पन्न भएको छ । कफि क्लबको आयोजनामा भएको फुटसल प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ ७ सहभागि रहेकाे छ ।

    images
    images
    images

    कफि क्लबका अध्यक्ष प्रेम  राईको सभापत्विमा उक्त कार्यक्रम भएको हो । पुरुष तर्फबाट सिनियर बि समुह विजयी र ओखाट सुनाकोठी फुटसल क्लव उप बिजयी भएका छन् । यस्तै, महिला तर्फबाट किर्दन फुटसल क्लव विजयी र एम्बासेडर फुटसल क्लव उप बिजयी भएको आयोजकले जानकारी दिए । 

    images

    पुरुष र महिला दुवै विजयी समुहलाई व्यक्तिगत मेडल, टिमको ट्रफि र नगद ५,००० यस्तै,  उप विजेता दुवै समुहलाई व्यक्तिगत मेडल, टिमको ट्रफि र नगद ३,००० प्रदान गरिएको छ । 

    खेलको उद्घाटन प्रमुख अतिथि ललितपुर महनगरपालिका २७ का  वडा अध्यक्ष कृष्ण हरी महर्जन र समापनमा प्रमुख अतिथि ललितपुर महनगरपालिका १४ का वडा अमृत जंग महत थिए । 

    च्यारिटि खेल पूर्ण रूपले सफल भएको र यसबाट प्राप्त रकमबाट  त्रिभूवन विश्व विद्यालयबाट स्नातकोत्तरको एक जना विद्यार्थीलाई छात्रबृत्ति दिने लक्ष रहेको आयोजकले जानकारी दिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij