Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आगलागीबाट छ घर–गोठ जलेर नष्ट

आगलागीबाट छ घर–गोठ जलेर नष्ट

  • काठमाडौँ । बाराको सिम्रौनगढमा आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा आज बिहान लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिए ।

    images
    images
    images

    वडाध्यक्ष अरबिन्द मुखियाका अनुसार रामप्रित हाजराको घरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको जानकारी दिए ।

    आगलागीबाट नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । सो आगलागी प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij