
Apr 11 2025 | २०८१, चैत २९ गते
ललितपुर । गोदावरी नगरपालिका -११ चापागाउँ स्थित प्याङ्गाउँको सामुदायिक भवनमा चैत ११ गते देखि १७ सम्म निःशुल्क सात दिवसीय आ.म.श उपचार शिविर भइरहेको छ । आत्म, मन,शरीर (आ.म.श) सम्बन्धी प्राकृतिक वैकल्पिक उपचार विधिबाट यस शिविरमा ३४ जना हिलरहरुमार्फत हिलिङ प्रविधिबाट उपचार भइरहेको छ ।
स्वर्गिक मार्ग संघ नारी नेपाल उपत्यका शाखाको आयोजनामा उक्त शिविर सञ्चालन गरेको हो । आ.म.श मूल समारोह व्यवस्थापनकी अध्यक्ष कल्पना राइले अहिले सम्म ४५० जना भन्दा बढिले सेवा लिइसकेको बताइन् । कार्यक्रम संयोजक चर सुन्दर महर्जनले चैत १८ गते शनिबारका दिन सर्वधर्म तथा विश्व शान्ति पूजा श्रद्धेय सेमिङ गुरु नेपाल, श्रद्धेय सेमिङ गुरु भारत र श्रद्धेय धियोङ गुरुहरुबाट आध्यात्मिक प्रवचन भजन हुने जानकारी दिए।
उपचार हुने रोगहरु
- प्यारालाइसिस
- ग्यास्ट्रिक, गानो गोला
- माइग्रेन
-उच्च रक्तचाप, सुगर
- युरिक एसिड, हातगोडा दुख्ने
- खाना नपच्ने
- पिनास
- ढाडको समस्या
- नसा सम्बन्धी
- मानसिक रोग आदि
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij