Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

फ्रान्सकाे दोस्रो जीत

फ्रान्सकाे दोस्रो जीत

  • बेन्जामिन पाभार्डको एक मात्र गोलको मद्दतले फ्रान्सले युरो २०२४ को छनोट खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई पराजित गरेको छ । छनोटमा फ्रान्सको लगातार दोस्रो जीत हो ।

    images
    images
    images

    पहिलो हाफमा फ्रान्सलाई रोकेको आयरल्याण्ड दोस्रो हाफको सुरुवातमा नै पछि परेको थियो । पाभार्डले जोस कलेनको पास खोस्दै फ्रान्सका लागि निर्णायक गोल गरे । त्यसपछि आयरल्याण्डले फ्रान्सलाई ठूलो दबाबमा राखेको थियो ।


    तर खेलको अन्त्यतिर नाथन कोलिन्सको प्रहारलाई माइक माइग्नानले रोकेपछि आयरल्याण्ड खेलमा फर्कनबाट चुक्यो । पहिलो खेलमा नेदरल्याण्डलाई हराएको फ्रान्स समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij