
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । सशस्त्र प्रहरी बलले सर्लाहीबाट झन्डै १८९ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सर्लाहीबाट खटिएको टोलीले शनिबार राति मलंगवा नगरपालिका-११ गम्हरीयास्थित झिम खोलाबाट १८८.९ किलो गाँजा बरामद भएको हो ।
सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूषोत्तम पाण्डेले विशेष सूचनाको आधारमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको जानकारी दिए ।
उक्त गाँजा झिम खोला अन्ध्रा इलाका हुँदै नेपालबाट भारत लैजाँदै गरिएको उनले जनाएका छन् । अहिले आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij