
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
नेकपा बहुमतको बागमती उपत्यका व्युरोले लघुवित्तीय संस्थाहरूका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले 'लघुवित्तीय संस्था खारेज गर', 'पीडितको ऋण मिनाहा गर', 'जनताको जीवनशैली सहज गर'लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेपालका ७५ प्रतिशत मान्छेहरू वित्तीय संस्थाबाट पीडित रहेको नेकपा बहुमतका नेता गुणराज लोहनीले बताए । लघुवित्तीय संस्थाहरूकाे ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने उनले चेतावनीपनि दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij