
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । गोरखामा प्रधानमन्त्री पुष्पकमल दाहालले सडक शिलान्यास गरेका छन् । आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन् ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए । यो सडकखण्ड २० किमी फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ।
यो सडक भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण गर्न लागिएको हो। सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ । वुड हिल–लामा जेभी महाराजगन्जले ३० महिनामा सक्ने गरी यो सडक निर्माणको ठेक्का लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij