Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुर उद्योग वाणिज्य संघको ५६ औं स्थापना दिवस सम्पन्न

ललितपुर उद्योग वाणिज्य संघको ५६ औं स्थापना दिवस सम्पन्न

  • ललितपुर। ललितपुर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चर्को व्याजदरका कारण निजी क्षेत्रले भोग्नुपरिरहेको कठिनाई अन्त्य गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । २०२३ साल चैत्र ४ गते स्वर्गीय बेखानाथ श्रेष्ठको नेतृत्वमा स्थापना भएको ललितपुर उद्योग वाणिज्य संघको शनिवार सम्पन्न ५६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सभामुख घिमिरेले निजी क्षेत्रलाई परेको अप्ठ्यारो प्रति ऐक्यवद्धता व्यक्त गर्दै उद्योगी, व्यवसायीहरुको माग सरकार समक्ष पुयाउन व्यावहारिक रुपमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    images
    images
    images

     सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रसंग जोडिएको कानून निजी क्षेत्रकै संलग्न बिना नै बन्ने गरेको बताउनुभयो । निजी क्षेत्रलाई आवश्यक हुने कानून अझ न बनेको र बनेका कानून पनि निजी क्षेत्रलाई दुःख दिने नियतले बनाएको बताउँदै उहाँले भन्नु भयो । 

    images

    ललितपुर उद्योग वाणिज्य संघ INDUSTRY LALITPUR, CHAMBER OF COMMERCE & INDUSTRY LALITPUR संघका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले संघले उद्योगी व्यवसायीहरुको हकहितको लागि नीति, नियम बनाउन अप्ठ्यारा नीति नियम सच्याउन के कस्तो भूमिका निर्वाह गर्यो भनेर समीक्षा गर्नु पर्ने खाँचो रहेको बताउनुभयो । अर्थतन्त्रलाई चलायमान बनाउन, उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण गर्न कहि हामी चुकिरहेका त छैनौं ? नीतिगत पैरवीमा हाम्रो ध्यान पुगिरहेको छ त ? यस्ता विषयमा आत्मसमीक्षा गर्नु पर्दछ । स्थापना दिवसले सबैलाई यस तर्फ प्रेरित गरुन् । पूर्वअध्यक्ष प्रधानले भन्नुभयो ।

    समारोहमा संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले अर्थतन्त्रमा कोरोनाको असर, बैंक तथा वित्तीय संस्थाको गलत नीति सरकारको दोहोरो कर पूँजी परिचालनमा नियन्त्रणमुखी नीतिका कारण उद्योगी, व्यवसायीहरुको समस्या झन्झन् बढ्दै गएको बताउनु भयो । सरकारले निजी क्षेत्रको समस्या राम्ररी सुनेको छैन । सुने पनि कार्यान्वयन भएको कुनै पनि उदाहरण छैन । उद्योगी, व्यवसायीहरु अनेक मार, निराशामा बाँच्न बाध्य भएका छन्। उहाँले भन्नु भयो ।

    ललितपुर क्षेत्र नं २ का सांसद् प्रेम महर्जनले ललितपुरलाई हस्तकला नगरीको अवधारणा अनुरुप काम अघि बढाउन पर्याप्त सम्भावना हुँदाहुँदै व्यवहारमा अपेक्षाकृत काम नभएको बताउनु भयो ।

    images

    ललितपुर क्षेत्र नं २ (२) का सांसद् रामकृष्ण चित्रकारले चर्को व्याजदरबाट सिर्जित समस्या बारे प्रदेश सभामा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    संघका महासचिव रुपकमान महर्जनले संचालन गरेको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य लगायत अन्य वक्ताहरुले उद्योगी व्यवसायीको समस्यालाई नजरअन्दाज गरे मुलुकको प्रगति नहुनेमा केन्द्रीत गर्दै आ-आफ्‌नो भनाई राख्नु भयो ।

    संघको ५६ औं स्थापना दिवसको अवसरमा ललितपुर जिल्लाका वरिष्ठ धातु मुर्तिकार सन्तकुमार शाक्यलाई स्रष्टा सम्मानबाट सम्मानित गर्नुका साथै संघका जेष्ठ सदस्य, संस्थागत, एशोसियट र २५ वर्ष पूरा भएका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

    333805253_224684433383285_7143064478225204879_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij