
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजेका लागि रास्वपाले पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो ।
एक नेताले बैठकमा उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने बताए । हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरिसकेको छैन । यसअघि रास्वपाले राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij