Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । दोश्रो थानकोट बुदोकैदो च्यामपियनसिप सम्पन्न भएको छ । यस खेलमा १६० जनाको सहभागीता रहेको आयोजकले जानकारी दिए । । सहभागी टिमका शाखाहरु सुनाकोठी, थानकोट, भैसीपाटी, खोकना, हेटौंडा, बजाङ्ग, किसीपिडी, रंगशालाको केन्द्र र मकवानपुर आदि रहेका छन् ।
के.जी अनुसारको खेलका साथ गुरु रविन्द्र गोपालीले ६ तल्ला आईस फुटाएको, गुरु विक्रम महर्जनले १५९ के.जीको ढुंगा पेटमा राखेर फुटाएको र गुरु चन्द्र नकर्मीले एउटै नली खुट्टाले दुई वटा लठ्ठी भाचेको यस खेलका मुख्य निर्णायक सुनाकोठी बुदोकौदोका अध्यक्ष विक्रम महर्जनले जानकारी दिए ।
निर्णायक महर्जनले आफनो टिम बाट 30के.जी तर्फ दोश्रोमा सौरभ राई, 40के.जी तर्फ प्रथममा बिलभ राई, 35के.जी तर्फ तेस्रोमा सिजन ब्लोन, 40 के.जी तर्फ चौथोमा अङ्किता, 40 के.जी तर्फ दोस्रोमा अजय राई र 45 के.जी तर्फ तेस्रोमा निर्जल तामाङ बिजयी हुनु भएकोमा धेरैनै खुसी र हर्षीत भएको बताए ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij