
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । कफि क्लबको पाँचो स्थापना दिवसको अवसरमा पानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । उक्त कार्यक्रमा कफि क्लबका अध्यक्ष प्रेम बहादुर राईको सभापत्विमा र ललितपुर महानगरपालिका १४ का वडा अध्यक्ष अमृत जंग महतको प्रमुख अतिथिमा भएको हो ।
सो कार्यक्रममा पानी सम्बन्धी प्रशिक्षक विशाल राइ वेलनेस् हेल्थ केयरमा आवद्ध छन् । उनले आफूले पानी सम्बन्धी १२ वर्षदेखिको अनुभव बारे विस्तुत जानकारी दिए । ‘‘CHANGE YOUR WATER, CHANGE YOUR LIFE’’ भन्ने नाराका साथ पानीले जिवनमा ठूलो महत्व रूपमा परिवर्तन गर्ने र ८०% पानिबाट रोग लाग्ने बताए ।
खाना, पानी बानी व्यहारले जुनसुकै उमेरमा पनि रोग लाग्ने र यसलाई कसरी मापदण्ड, परिवर्तन गर्ने भन्ने विषयमा जानकारी दिए । बिहान खालि पेटमा बसेर तीन गिलास पानी खाने र दूध चिया नखाउन अनुरोध गरे ।
acidic ले रोग संग लड्नेलाई कमजोर बनाउँछ र alkaline ले हाम्रो शरिरिक आवश्यक तत्व दिने भएकोले यसले शरीर स्वास्थ्य दिन प्रति दिन राम्रो बनाउदै जान्छ ।
शरिररको लागि आवश्यक पानिलाई 7ph alkaline ल्याउन आवश्यक रहेकोले चिसो पेय पदार्थले शरिरलाई घातक बनाउने भएकोले पदार्थ नखान र पानिमा बिशेष ध्यान दिन अनुरोध गरे
क्लबका अध्यक्षले कार्यकम सोचेको भन्दा धेरै राम्रो र चमत्कार भएको बताए । उनले यो कार्यक्रमबाट पानी सम्बन्धी विस्तुत जानकारी भएको उल्लेख गरे ।
यस्तै, वडा अध्यक्ष अमृत जंग महतले खान पिनमा एकदमै ध्यान दिनुपर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij