Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बिना स्वीकृती औषधी किनबेच गर्ने १४ जना पक्राउ

बिना स्वीकृती औषधी किनबेच गर्ने १४ जना पक्राउ

  • ललितपुर । बिना प्रिष्क्रिप्सन (स्वीकृती)औषधी किनबेच गरेको आरोपमा ललितपुरबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-४ नख्खुदोबाटोस्थित गोल्डेन गेट पोलिक्लिनिक एन्ड डायबेटिज सेन्टर प्रालिको ‘फार्मेसी युनिट’ नामक पसलबाट १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी उपरीक्षक(एसपी) प्रविण पोखरेलले जानकारी दिए। 

    onlinepatrika
    Arghakhachi

    चिकित्सकको प्रिष्किप्सन बिना बढी मूल्यमा औषधी बेचिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले पसलमा तलासी लिँदा बढी मूल्यमा बिना प्रिष्किप्सन औषधी वितरण गरेको फेला पारेको एसपी पोखरेलले बताए। 

    AGNI GROUP

    प्रहरीले औषधी बिक्री गर्ने व्यक्तिहरू सल्लाघारी बस्ने २६ वर्षीय किशोर विक र कुसुन्ती बस्ने २७ वर्षीय भुवन ताम्राकारलाई पक्राउ गरेको छ। यस्तै, पसल सञ्चालक लक्ष्मण सुब्बासहित तीन जनामाथि कालोबजारी मुद्दामा अनुसन्‍धान अघि बढाएको छ। 

    अन्य व्यक्तिहरू औषधी खरिदकर्ताहरू रहेको प्रहरीले जनाएको छ। उनीहरूले औषधी किनेर तीन वटा मिसावट गरी लागुऔषधको रूपमा प्रयोग गर्ने गरेको पाइएको हो। 

    प्रहरीले पसल र खरिदकर्ताबाट औषधी पनि बरामद गरेको छ। स्पास्पेन, एमडिप, प्रिनुरा, रेभलिन, एटिकार्ड डी, जिपेन, प्रोमिगन, एन्टिकोफ, एमिप, भोमिन २५ लगायत औषधी बरामद गरेको हो। 

    थप अनुसन्धानका लागि उनीहरूलाई लागु औषधी व्यवस्था विभाग बबरमहलमा पठाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij