
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काठमाडौंको घण्टाघरमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री घाइते छन् । मृत्यु हुनेमा भोजपुरको षडानन्द गाउँपालिका–११ घर भई काठमाडौंमा बस्दै आएका अन्दाजी २३ वर्षीय सुजल छावुहाङ राई रहेका छन् ।
महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशोककुमार महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान बा६५प ५६०८ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij