Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नारी दिवसको अवसरमा बृहद स्वास्थ्य शिविर सम्पन्न

नारी दिवसको अवसरमा बृहद स्वास्थ्य शिविर सम्पन्न

  • ललितपुर । ललितपुर महिला चेम्बरले ११३ औं अन्तराष्टिय नारी दिवसको अवसर पारेर बृहद स्वास्थ्य शिविर आयोजना गरेको छ । बुधवार ललितपुरको कन्या आदर्श निकेतन मा.वि. मा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

    images
    images
    images

    सो कार्यक्रम ललितपुर चेम्बर अफ कमर्ससँगको सहकार्यमा आयोजना गरिएको हो । बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म संचालित शिविरमा विशेषज्ञ चिकित्सकबाट १०० भन्दा बढिको आँखा, ब्लड प्रेसर, सुगर आदीको परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा ललितपुर महानगरपालिका, आँखा स्याहार केन्द्र, संझना ल्याबेरेटरी र कन्या आदर्श निकेतन मा.वि. को सहयोग रहेका थिए ।

    ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले शिविरबाट बढि भन्दा बढि मानिसहरु लाभान्वित भएको प्रतिक्रिया दिएका थिए । साथै शाक्यले ललितपुर चेम्बर र मातहतका महिला एवं युथ चेम्बरले आगामी दिनमा पनि यसरी नै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नूभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij