
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूहरु छोरी भएर जन्मेकामा महिलाहरुले गर्व महशुस गर्नुपर्ने बताए । सफल महिला समुहले आज ‘११३ औँ अन्तरराष्ट्रिय नारी दिवस’ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले छोरी मानिसमा करुणाका साथै दया र मायाको खानी हुने चर्चा गरे ।
छोरीले मुलुकका विभिन्न क्षेत्रमा थप नेतृत्वदायि भूमिका निर्वाह गर्न छोरा सरह कठोर भएर अघि बढ्नुपर्ने सुझाव श्रेष्ठले दिए ।
सगरमाथा आरोही महिला पत्रकार कल्पना महर्जनको प्रशंसा गर्दै कलाकार श्रेष्ठले छोरी मानिसले चाहे जुनसुकै काम पनि पत्ते गर्न सक्ने उदाहरण समेत समस्त नारी माझ राखे ।
समुहकी अध्यक्ष सुनिता खड्काले आफूहरुले समुह मार्फत पिछडीएका महिला र बालबालिकाका लागि काम गर्ने उद्धेश्यका साथ संस्था गठन गरी अघि बढिरहेको औँल्याए ।
सो समुहले आज ८ मार्च अर्थात अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारी ललितपुरको कर्णालीका रुपमा चिनिने दक्षिण ललितपुरका मानिसका जनजीवन बुझ्नाका साथै पर्यटन विकास गर्ने ध्ययेका साथ पैदल यात्राको सुरुवात गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij