
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका– १७ हटियास्थित कठायत चोकमा स्कुटर र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा– १८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार बिहान हेटौँडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा.६४प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको बा. प्र. ०३–०५ प ७११ नम्बरको स्कुटर एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार ललिता मगर, जिना लामालाई थप उपचारका लागि भरतपुर पठाइएको छ भने मोटरसाइकलमा सवार दीपक घलानलाई हेटौँडामा उपचार गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij