
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरिएको छ । रास्वपाले ‘गोलाकारभित्रको घण्टी’ चुनाव चिह्नलाई बदलेर ‘घण्टी’मात्रै राखेको हो । उपसभापति डोलप्रसाद अर्यालले पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको जानकारी दिए ।
चुनाव चिह्न बोल्न, लेख्न र प्रचार प्रसार गर्नका लागि सहज होस् भन्ने हेतुले यसो गरिएको उनले बताए । उनले गोलाकारभित्रको घण्टी लामो र भद्धा देखिएकोले घण्टीमात्र भन्न सहज हुने भएकोले चुनाव चिह्न फेरिएको बताए ।
गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब उपनिर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको छ । रास्वपाले चितवन-२ मा हुने उपनिर्वाचनकालागि दल दर्ता गर्ने क्रममा नै चुनाव चिह्न पनि फेरबदल गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij