
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । सर्वोच्च अदालतबाट सन्दीप लामिछानेले विदेश जान अनुमति पाएका छन् । अनुमति पाएसँगै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालेको बताइएको छ । नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।
आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सन्दीपले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले सोमबार उनलाई पुन: पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।
क्यानका क्रिकेट म्यानेजर विनोद दाशका अनुसार सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पासपोर्ट पठाएको र भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij