Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । विद्युत् प्राधिकरण ललितपुरका एक जना कर्मचारीले आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएका छन् । मादक पदार्थ सेवन गरी प्राधिकरणको क्वाटरमा फर्किएका ती कर्मचारीले घरायसी विवादपछि आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । ४९ वर्षीय उद्धव पराजुलीले आफ्नो शरीरमा मट्टितेल छर्किएर आगो लगाएका हुन् । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित विद्युत् प्राधिकरणको क्वाटरमा पराजुली बुधबार साँझ मदिरा सेवन गरी क्वाटरमा आएका थिए।
आगो लगाएको खबर पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेर आगलागीबाट घाइते भएका पराजुलीलाई तत्काल उद्धार गरी पाटन अस्पतालमा पुर्याइएको प्रहरीले बताएको छ।
उनको शरीरको ४० प्रतिशत भाग जलेको र बोल्न नसक्ने अवस्थामा रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij