Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

लगनखेल विद्युतका कर्मचारी किन जले ?

लगनखेल विद्युतका कर्मचारी किन जले ?

  • ललितपुर । विद्युत् प्राधिकरण ललितपुरका एक जना कर्मचारीले आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएका छन् । मादक पदार्थ सेवन गरी प्राधिकरणको क्वाटरमा फर्किएका ती कर्मचारीले घरायसी विवादपछि आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । ४९ वर्षीय उद्धव पराजुलीले आफ्नो शरीरमा मट्टितेल छर्किएर आगो लगाएका हुन् । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित विद्युत् प्राधिकरणको क्वाटरमा पराजुली बुधबार साँझ मदिरा सेवन गरी क्वाटरमा आएका थिए।

    images
    images
    images

    आगो लगाएको खबर पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेर आगलागीबाट घाइते भएका पराजुलीलाई तत्काल उद्धार गरी पाटन अस्पतालमा पुर्‍याइएको प्रहरीले बताएको छ।

    images

    उनको शरीरको ४० प्रतिशत भाग जलेको र बोल्न नसक्ने अवस्थामा रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij