Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुरको दक्षिण भेग बागमति गाउँपालिका ७ गिम्दीमा निःशुल्क स्वास्थ्य सेवा सम्पन्न भएको छ । गिम्दी एकाईको ११ औं अधिवेशन तथा विविध कार्यक्रमको अवसरमा मगर संघले सो शिविर आयोजना गरेको हो ।
सो शिविरले जेष्ठ नागरीक चौतारी ठेचोको सहयोगमा निःशुल्क रक्तचाप र सुगर परिक्षण गरिएको थियो । उक्त परिक्षणमा ९२ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको आयोजकले जानकारी दिए ।
आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापा मगरको प्रमुख आतिथ्यता र गिम्दीका वडा अध्यक्ष मंगल थापामगर (सागर)को सभापतित्वमा ११ औं अधिवेशन गरेको थियो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij