
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । श्री भिमसेन मन्दिर पुननिर्माण सरोकार समितिले अनलाइन पत्रिका मिडिया हाउसलाई सम्मान गरेको छ । समाचार संप्रेषणमा उल्लेखनीय भूमिका निभाएको भन्दै समितिले सम्मान गरेको हो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले अनलाइन पत्रिका मिडिया हाउसकी समाचार सहसंयोजक इना महर्जनलाई सम्मान हस्तान्तरण गर्नुभयो ।
२०७२ सालको विनाशकारी महाभुकम्पले क्षति पुर्याएको भिमसेन मन्दिरको पुर्र्ननिर्माणको अनलाइन पत्रिका डटकमले विशेष महत्वका साथ समाचार संप्रेषण गरेको थियो ।
समितिले कान्तिपुरका ललितपुर प्रतिनिधि प्रशान्त माली, नेपाल समाचारपत्रका प्रतिनिधि सुनिल महर्जन र राससकी ललितपुर प्रतिनिधि शुभानु आर्चायलाई समेत कदर पत्र प्रदान गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij