Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

ललितपुरमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

ललितपुरमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

  • ललितपुर । ललितपुरमा स्कुटर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । कोन्ज्योसोम गाउँपालिका-४, नल्लुमा बा ४२ प ४४९५ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । 

    images
    images
    images

    दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने १९ वर्षीय विकास सापकोटा र स्कुटरमा सवार गोदावरी नगरपालिका-५, बस्ने ५५ वर्षीय रामहरि घलानको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । घलानको घटनास्थलमै र सापकोटाको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij