Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बालाजु घटनाको छानबिन गर्न डिआईजीको नेतृत्वमा समिति गठन

बालाजु घटनाको छानबिन गर्न डिआईजीको नेतृत्वमा समिति गठन

  • काठमाडौँ । बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

    images
    images
    images

    उक्त छानबिन समिति उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँ को नेतृत्वमा गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले जानकारी दिए । 

    उनका अनुसार गठन गरिएको छानबिन समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना रहेका छन् । डीआईजी पोखरेलका अनुसार समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

    प्रदर्शनमा लुटपाट, तोडफोड जस्ता कार्यलगायत प्रहरीको दुईवटा गाडीमा आगजनीसमेत गरेका थिए । डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको आरोप छ । छानबिनका लागि बालाजु वृतबाट उनलाई हटाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij