Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विश्वकप लिग-२ : नेपाललाई २८६ रनको लक्ष्य

विश्वकप लिग-२ : नेपाललाई २८६ रनको लक्ष्य

  • काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित पचास ओभरमा अल आउट हुँदै २८५ रनको योगफल बनाएको हो ।

    images
    images
    images

    नामिबियाका लागि भान लिंगेनले शतकीय पारी खेले । उनले १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए ।कप्तान एरासमसले अर्धशतकीय पारी खेले । उनले   ७९ बलमा २ चौकार ३ छक्का प्रहार गर्दै ५६ रन बनाए । त्यस्तै जान ग्रीनले ३४, जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोनले ८ रन बनाउँदा पिक्की या फ्रान्स २ रनमा आउट भए । नेपालका लागि  करण केसीले सर्वाधिक ५ विकेट लिए । दस ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ६१ रन खर्चिए ।

    त्यस्तै सन्दीप लामिछानेले ३ विकेट लिँदा ६६ रन खर्चिए भने सोमपाल कामी र कुशल मल्लले समान एकएक विकेट लिए ।क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम तीन वटा त्रिकोणात्मक एक दिवसीय सिरिज नेपालले एक महिनाको बीचमा खेल्दैछ। आजदेखि नेपालले आफ्नो सातौँ सिरिज खेलेको हो ।

    यही तीन वटा सिरिजले नेपालको लिग-२ स्थान निर्धारण हुनेछ । नेपालले फागुन २ गतेदेखि नेपालमा, फागुन १५ देखि युएईमा र फागुन २५ गतेदेखि नेपालमै गरी एक महिनामै तीन वटा सिरिज खेल्ने तालिका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij