
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । बालाजु प्रहरी वृत्तका डीएसपी रविन विष्टको जिम्मेवारी खोसिएको छ । मंगलबार उपत्यका प्रहरी कार्यालयमा डीएसपी विष्ट तानिएका छन् ।
उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीका अनुसार विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।
डिएसपी रविन विष्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ । सोमबार बालाजु क्षेत्रमा आन्दोलनमा उत्रिएका यातायात मजदुरहरूले प्रहरीका दुईवटा गाडीमा आगजनी गरेका थिए ।
आन्दोलनरत मजदुरहरूले बालाजु प्रहरी वृत्तका बा २ झ १४४ नम्बरको भ्यान र बा १ झ ७२२४ नम्बरको गाडी जलाएका थिए । बसपार्कमा भिडले मोबाइल पसलमा छिरेर लुटपाट समेत गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij