
Apr 29 2025 | २०८२, वैशाख १६ गते
ललितपुर । ललितपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ५ जना घाइते भएका छन् । आज महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा ग्यास सिलिण्ड विष्फोट भएको हो । घाइते भएकामध्ये एक जनाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर उद्धारकार्य भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । विष्फोटको कारण भने पत्ता लाग्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij