Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षकमा श्रेष्ठ नियुक्त

जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षकमा श्रेष्ठ नियुक्त

  • ललितपुर । ए डिभिजनको जावलाखेल युथ क्लबले सुनिल श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

    images
    images
    images

    जावलाखेलले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै श्रेष्ठलाई मुख्य प्रशिक्षक बनाएको हो ।सामाजिक सन्जालमार्फत क्लबले सुनिललाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।

    सुनिल श्रेष्ठ जावलाखेल युथ क्लबका पुराना खेलाडी समेत हुन् । यस्तै जावलाखेलले नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । गत सिजन जावलाखेलले किशोर केसीको प्रशिक्षणमा ए डिभिजन लिग खेलेको थियो । 

    यही फागुन १९ गतेदेखि नयाँ सिजनको लिग सुरु हुँदैछ । अहिले क्लबहरु खेलाडी अनुबन्ध गर्ने र प्रशिक्षक नियुक्त गर्ने काममा व्यस्त छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij