Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुरका नगर प्रहरीलाई सवारी जाम व्यवस्थापनसम्बन्धी तालिम सुरु

ललितपुरका नगर प्रहरीलाई सवारी जाम व्यवस्थापनसम्बन्धी तालिम सुरु

  • ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई ट्राफिक प्रहरीको तालिम दिन शुरू गरेको छ । ‘जनताको करबाट तलब खाएपछि नगरवासीलाई सेवा दिनु हाम्रो दायित्व भएकाले थप सेवा दिन सकौं र नगरको सवारी जामलाई कम गर्न केही मद्दत होस् भन्ने हिसाबले तालिम दिन थालेको हौं,’ प्रमुख हाछेथुले 

    onlinepatrika
    Arghakhachi

    ललितपुर महानगरपालिकाका नगर प्रहरीको वृत्ति विकास र दिनदिनै बढ्दै गएको सवारी जामलाई मध्यनजर गरेर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनको तालिम दिन शुरूआत गरेको हो । महानगरभित्रका गल्लीहरूमा ‘पिक आवर’मा ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले तालिम दिन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।सवारी संकेत, ट्राफिक नियम, भीआईपी सवारी लगायतका विषयमा इन्डोर तालिम दिने प्रमुख हाछेथुले बताए । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र महानगरीय ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीं) जनक भट्टराईको सल्लाहमा नगर प्रहरीलाई तालिमको आयोजना गरिएको हाछेथुले बताए । ललितपुर महानगरपालिकामा १५ जना महिलासहित ७३ जना नगर प्रहरी छन् जसमा २३ जना स्थायी र ५० जना अस्थायी छन् ।महानगरभित्र हुने जाममा ट्राफिक प्रहरीलाई सहयोग गर्नका लागि प्रमुख सीताराम हाछेथुको संयोजकत्वमा ५ सदस्यीय टोली गठन भएको छ ।

    AGNI GROUP

     

     

     

     

     

     

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij