Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • काठमाडौं । पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

    images
    images
    images

    डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले  ठक्कर दिँदा सोही ठाउँका पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो ।

    ठक्करबाट सख्त घाइते विकलाई उपचारका निम्ति तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र  उपचारका क्रममा उनको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिए ।

    ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij