
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका-५, मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुईजना घाइते छन् ।
टेटाबाट सिम्रौनगढ बजारतर्फ जाँदै गरेको ना१प ६८८८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना१८प ५१४१ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ६८८८ नम्बरको मोटरसाइकलका चालक महावीर साह कानुको उपचारका क्रममा नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका कानुकी १३ वर्षीया नातिनी प्रियाशुं र अर्का मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij