
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । ललितपुरस्थित एक गेष्ट हाउसमा बोलाएर एक महिलामाथि सामुहिक बलात्कार भएको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट तीन जनालाई शनिबार बिहान पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना रहेका छन् ।
यता, भोजपुरमा ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–५ होम्ताङ बस्ने ४५ वर्षीय जय कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलाको घरमा कोही नभएको अवस्थामा राईले उनलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij