
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ११ चापागाउँ बज्रबाराहीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बज्रबाराही धार्मिक वनभित्र सरसफाई कार्यक्रम गोदावरी नगरपालिकाको आयोजनामा भएको हो ।
नेपाल आर्मी सूर्यदल गण देविडाँडा ब्यारेक, लेलेको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रदेश संसद मिन कृष्ण महर्जन, नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, वातावरण विभाग प्रमुख अनिता बोहरा, गोदावरी नगरपालिका ५ का वडा अध्यक्ष मिलन सिलवाल, सृजनशिल समूह , ज्योतिदय संघ ज्योति बिहार परिवार र देबिडाँडा सुर्यदल गणका गणपति राजु कार्की लगायत १८२ नेपाल आर्मीको सहभागिता रहेको आयोजकले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij