
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद् बैठकले फागुन १ गतेका लागि उनको भारत भ्रमण स्वीकृत गरेको छ । नियमित भ्रमणका लागि रक्षामन्त्री भारत जान लागेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
उनी दुई देशको सुरक्षासम्बन्धी नियमित बैठकमा सहभागी हुन जान लागेको शर्माले जनाएकी छन् । रक्षामन्त्री फागुन ५ गते स्वदेश फर्किने छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij